
एनएमबि बैंक लिमिटेडले एकल अंकको स्थिर ब्याजदरमा ‘होम लोन’ प्रदान गरिरहेको छ । बैंकले एकल अंकको स्थिर ब्याजदरमा १० वर्षसम्म ९.९९ प्रतिशतको घर कर्जा प्रदान गरिरहेको जनाएको छ ।
‘होम लोन’ योजनामार्फत् १० वर्षसम्म ढुक्क भएर एउटै ब्याजदरमा ऋण लिन सक्ने योजना अघि सारिएको बैंकले जनाएको छ ।
एनएबि बैंकको घर कर्जा लिँदा फ्लोटिङ(घटबढ हुने) आधार दरमा ०.५ प्रतिशतको न्युनतम–प्रिमियम बैंकले दिइरहेको छ । बैंकका अनुसार २ करोडसम्मको घर कर्जामा न्यूनतम ०.५ प्रतिशत र २ करोडभन्दा बढीको घर कर्जामा भने, न्यूनतम ०.७५ प्रतिशतको प्रिमियम प्रदान गरिरहेको छ । अहिले बैंकको आधार दर ७.७२ प्रतिशत रहेको छ ।
त्यस्तै, फिक्स अर्थात् स्थिरतर्फ ९.९९ प्रतिशत ब्याजदर रहेको छ । घर कर्जा लिँदा फिक्स र फ्लोटिङ दुवैमा तुलना गरेरै लिन सकिन्छ ।
अब तुलनात्मक रूपमा हेर्दा ९.९९ प्रतिशतको स्थिर ब्याजदरमा २ करोड रुपैयाँको घर कर्जा लिँदा मासिक २ लाख ६४ हजार किस्ता तिर्नुपर्छ । यो १२० किस्ता अर्थात् १० वर्षसम्म तिर्न सकिन्छ ।
यदि फ्लोटिङ (घटबढ हुने) ब्याजदरमा २ करोडको घर कर्जा लिँदा अहिलेको ८.२२ (प्रिमियमसहित) प्रतिशत ब्याजदरमा २ लाख ४५ हजारप्रति महिना किस्ता पर्न जान्छ । जुन कर्जा लिन चाहनेले एनएबी बैंकको वेबसाइटमा रहेको ‘ईएमआई क्यालकुलेटर’ मार्फत पनि मासिक किस्ता कति पर्छ भनेर आफैं हेर्न सकिन्छ ।
दसैँ तथा तिहारको समयमा घर लिने सोच बनाएकाहरूले एनएमबि बैंकको घर कर्जा लिएर न्यूनतम मासिक किस्ताबन्दीमा ऋण चुक्ता गर्न सक्नेछन् । पछिल्लो समय एनएमबि बैंकमा बढ्दै गएको ‘अटोलोन’ का साथै घर कर्जाको कर्जा पनि त्यतिकै मात्रमा बढ्दै गएको छ ।
यसका साथै अहिले सबै बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय सवारी साधनहरूमा ८० प्रतिशतसम्म ऋण प्रदान गरिरहेका छन् । अटो लोनका लागि पनि एनएमबि बैंकले ८.९९ प्रतिशतको स्थिर ब्याजदरमा ७ वर्षको लागि ऋण प्रदान गरिरहेको छ ।