११ असार २०८३, बिहीबार

महन्थ ठाकुरको हस्ताक्षरसहित पत्रले मियाँको उम्मेद्वारी खारेज

कात्तिक २०, २०७४
महन्थ ठाकुरको हस्ताक्षरसहित पत्रले मियाँको उम्मेद्वारी खारेज


विराटनगर, १८ कात्तिक- मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले मोरङ क्षेत्र नं–६ को प्रदेश (ख) मा राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा उम्मेद्वारी दर्ता गराएका मोहम्मद नशरुल मियाँको मनोनयनपत्र आज खारेज गरेको छ ।RAJAPA-NEPAL

सो पार्टीबाट आधिकारिक उम्मेद्वार नसरुल मियाँ नरहेको भन्दै यदुवंश साह हलुवाईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

नशरुल मियाँ आधिकारिक उम्मेद्वार नभई यदुवंश साह हलुवाइ आधिकारिक उम्मेद्वार भएको हुँदा नशरुल मियाँको उम्मेद्वारी खारेज गरी पाउँ भनेर राजपाका संयोजक महन्थ ठाकुरको हस्ताक्षरसहित पत्र प्राप्त भएपछि उनको मनोनयनपत्र खारेज गरिएको सो कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्