माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
काठमाडाैं | असोज २५, २०८१
भोजपुर दिंगलाका गणेश नेपाल २०५८ को भदौमा दाजुको कोठा भक्तपुरको लोकन्थलीतिर बस्थे । कामको खोजीमा उनी दाइसँगै बसेका थिए ।
लोकन्थली बस्दै गर्दा उदयपुर गाईघाटका वेदराज आचार्यसँग चिनजान भयो । प्रहरी हवल्दार आचार्य तत्कालीन प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबराको निवासका पुजारी थिए । उनलाई सुतक पर्यो ।
आचार्यले केही मन्त्र उच्चारण गर्न जानेका नेपाललाई जबराको निवासमा पुर्याए ।
१५ दिन त्यही मन्दिरमा पूजा गरे । त्यही बीचमा नेपालले मन्त्र उच्चारण गरेको सुनेर जबराले उनलाई सोधे, ‘तिम्रो घर कहाँ हो ? के गर्छौ ? कति पढेलेखेका छौ ?’ नेपालले आफ्नो बारेमा सबै बताए ।
अनि फेरि जबराले सोधे– ‘तिमी जागिर खान्छौ ?’ नेपालले जवाफ फर्काए, ‘सरकारी जागिर पाएँ भने खान्छु, प्राइभेट खाँदिनँ ।’ १५ दिन पूजा सकेर फर्किँदा जबराले ३ हजार रुपैयाँ दिएको स्मरण नेपालको छ ।
‘असोज मसान्तमा मलाई पुनः चीफसाबको निवासबाट बोलावट भयो । म पुगें । भोलिदेखि आचार्यसँग मिलेर देवीको पूजा गर्ने है भन्नुभयो,’ नेपालले लोकान्तरसँग भने, ‘मैले हुन्छ भनें । घटस्थापनाको दिन आचार्य गुरुसँग मिलेर जमरा राख्यौं । सप्तमीको दिन फूलपाती भित्र्यायौं ।’
नवमीको दिन बिहान नेपालले नसोचेको घोषणा भयो । मौलो पूजाको दिन देवीको मन्दिर अनावरण भएको थियो । त्यही बेला जबराले माइकबाट भने, ‘आजबाट उहाँ गुरुले यो मन्दिरको पूजापाठ गर्नुहुन्छ ।’
दशैं सकियो । कात्तिक बित्यो । मंसिर पनि बित्यो । पुसको २४ गते नेपालले हिम्मत गरेर जबरालाई भेटेर आफूले तलब नपाएको गुनासो गरे ।
‘चारवटा गाडी चढेर दैनिक ४० रुपैयाँ भाडा तिरेर म कसरी आऊँ हजुर, मैले तलब पाएको छैन,’ भनेर नेपालले गुनासो गरेपछि जबराले तुरुन्तै गणपतिलाई बोलाएर ‘जसरी हुन्छ नेपालले तलबसँगै उसको नियुक्ति गरेको रिपोर्टिङ गर’ भन्ने निर्देशन दिए ।
अनि नेपालले आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्र बुझाए । मेडिकल गर्न गर्न उनलाई प्रहरी अस्पताल पठाइयो । सबै चिठीहरू तयार गरेपछि नियुक्ति पत्र भरतपुर तालिम केन्द्रले तयार गर्यो । प्रहरी महानिरीक्षक जबराको निवासमा खटिएका डीएसपी हरिभक्त सिग्देलले एक प्रहरी कर्मचारीलाई भरतपुर पठाए ।
पुस २७ गते नेपालले प्रहरी कार्यालय सहयोगी (प्र.का.स.)को नियुक्तिपत्र पाए । त्यतिबेलादेखि नै नेपाल प्रहरी मुख्यालयको पुजारी छन् ।
‘मलाई त्यतिबेला आचार्य सरले प्रहरी मुख्यालयमा नलगेको भए, आज म प्रहरीभित्र पुजारी हुने थिइनँ होला,’ नेपाल सम्झन्छन्, ‘मैले जतिजना प्रहरी महानिरीक्षकको कार्यकालमा काम गरें, उहाँहरू सबैले मलाई माया नै गर्नुभएको छ ।
दशैंमा भने नेपालको दौडधूप अलि बढेको छ । मुख्यालयभित्र भगवतीको मन्दिर छ । नेपालले बिहान– बेलुका नियमित पूजा गर्छन् । दशैंमा घटस्थापनाको दिन जमरा राखेपछि नेपालले दैनिक देवीको विशेष पूजा गर्दै आएका छन् । जमरामा जल पनि चढाउँछन् । नेपाल भन्छन्, ‘शरदकालीन नवरात्रमा देवीको स्थापना गरेर जमरा राखिन्छ । बिहान पूजा गर्ने । बेलुका आरती गर्ने काम हुन्छ ।’
फूलपातीमा गोरखाबाट ल्याएको नवपतिका जमलमा राखिन्छ । जमलबाट फूलपाती जमरा घरमा भित्र्याइन्छ । प्रहरी मुख्यालयभित्र रहेको जमरा घरमा पनि नवपतिका पुर्याइन्छ ।
नेपालका श्रीमती र एक छोरा छन् । प्रहरी भएर बन्दुक बोक्नुपर्ने किन पुजारी बनेको भनेर तपाईँलाई सोध्दैनन् ? भन्ने प्रश्नमा नेपाल भन्छन्, ‘केही पनि भन्दैन, उस (छोरा)को चरित्र धार्मिक छ । म जस्तै सरल छ । उसले पनि पहिला असईमा परीक्षा दिएको थियो, सफल भएन । अब फेरि परीक्षा दिन्छ ।’
प्र.का.स.मा धेरैलाई भर्ना लिइएको हुन्छ । तर, जिम्मेवारी आवश्यकता अनुसार संगठनले तोक्छ ।
भात पकाउने भान्से, पूजा गर्ने पुजारी, लुका सिलाउने लगायतका ड्यूटीमा प्र.का.स. खटाइन्छ ।
नेपाल आफैं पनि पण्डित पुत्र भएकाले उनलाई पुजारीको जिम्मेवारी दिइएको थियो ।
तलब कति खानुहुन्छ नि ? भन्ने प्रश्नमा नेपालले भने, ‘सेवासुविधा ३२ हजार ८ सय ५६ तलब स्केल छ । पहिला यति थिएन, पछि बढेको हो ।’
नेपाल दैनिक थलीस्थित घरबाटै कार्यालय आउजाउ गर्छन् । ‘हामीलाई अरूजस्तो बिदा भन्ने हुँदैन, औँसी, एकादशी, पूर्णिमा, दशैंतिहार सबैमा पूजा गर्नुपर्ने भएकाले यो समयमा सधैँ आउँछु ।’
२०५८ मा तत्कालीन प्रहरी महानिरीक्षक जबरा हुँदै हालसम्म १४ जना प्रहरी प्रमुखलाई दशैंमा टीका र जमरा लगाइदिएको अनुभव उनीसँग छ ।
‘एकादशीका दिन पहिला हामीले विधि गरेर चीफसाब र साब'नीलाई टीका जमरा लगाइदिन्छौं । अनि उहाँहरूले सबैलाई लगाइदिनुहुन्छ ।’
संगठनभित्र पुजारीलाई छुट्टै सम्मान छ । तपाईले टीका लगाइदिएपछि यसो दक्षिणा भनेर छुट्टै रकम पनि दिन्छन् होला नि भन्ने प्रश्नमा नेपाल भन्छन्, ‘केही सरहरूले दिनुहुन्छ, जबर्जस्ती माग्ने कुरा भएन, आफ्नो ड्यूटी नै यही हो ।’
पूजा गर्ने काम सजिलो भन्छन् नि हैन ? जवाफमा उनी भन्छन्, ‘हैन, आ–आफ्नो काम सबैलाई गाह्रो लाग्छ । निष्ठावान भएर काम गर्यो भने सबै सजिलो हुन्छ ।’
पुजारीका १८ दरबन्दी
नेपाल प्रहरीमा पुजारीका १८ वटा दरबन्दी छन् ।
प्रहरी मुख्यालय, प्रदेश प्रहरी कार्यालयहरू, तालिम केन्द्रहरू, प्रहरी विद्यालय, गण र केही कार्यालयमा मात्रै दरबन्दी अनुसार पुजारी छन् । बाँकी जिल्ला प्रहरी कार्यालयहरूमा त्यहीँभित्रको एकजना प्र.का.स.लाई पुजारीको जिम्मेवारी दिइएको हुन्छ ।
प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार हरेक प्रहरी कार्यालयमा देवी, सरस्वती, लक्ष्मी, गणेश, महादेवलगायतका मन्दिर छन् ।
ती मन्दिरमा पूजा गर्ने र पुजारीले कार्यालय प्रमुखलाई प्रसाद लगाइदिने चलन छ । यसै पनि फौजी परम्परामा महाकालीलाई पुज्ने गरिन्छ । कार्की भन्छन्, ‘प्रहरी कार्यालय पनि एउटा घर नै हो, घर भएपछि त्यहाँ मन्दिर वा पूजाकोठा हुन्छ नै, पूजा गर्ने कोही त चाहियो, कसै न कसैले त पूजा गर्नैपर्यो, त्यही भएर पुजारी राखिएको हो ।’
कार्कीले गणेशजस्तै १८ जना प्र.का.स.लाई स्थायी रूपमै पुजारीको जिम्मेवारी दिइएको बताए ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...