०४ साउन २०८३, सोमबार

तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन

कात्तिक १, २०८१
काठमाडौं
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन

 दसैँलगत्तै ताजा तथा हरिया तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा किन्ने उपभोक्ताले भने मूल्य घटेको महसुस गर्न पाएका छैनन् । दसैँपछि उपत्यकामा तरकारी आपूर्ति सहज भएसँगै थोक बजारमा तरकारी मूल्य घटे पनि खुुद्रामा मूल्य नघटेका कारण उपभोक्ताले मूल्य घटेको महसुुस गर्न नसकेका हुन् । 

यही असोज दोस्रो साता देशभर अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा महँगिएको तरकारी दसैँसम्म महँगै थियो । अहिले भने आलुु, प्याजबाहेकका तरकारीको मूल्य घटेको छ । 

उपत्यकामा तरकारी आपूर्ति बढेसँगै थोकमा अधिकांश तरकारीको मूल्य आधाले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्