![मनै लोभ्याउने पाँचपोखरी [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/pachpokhari_6_Uae5pGFbj0.jpg)
जुगल हिमालको फेदमा रहेको सिन्धुपाल्चोकको पाँचपोखरी पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो ।

हिमालयको फेदमा पाँच वटा पोखरीहरूको सुन्दर कुण्ड नै पाँच पोखरी हो ।
४ हजार २ सय मिटरको उचाइमा रहेको पाँचपोखरीको मनमोहक दृश्यले पर्यटकहरूलाई तान्ने गर्दछ ।

त्यसैमा झन् पाँचपोखरीसँगै हिमालहरूको सुन्दर दृश्यले सुनमा सुगन्ध थप्ने काम गरेको अनुभव हुन्छ ।
पाँच वटा पोखरीहरूको नामबाट परिचित यो ठाउँमा पुग्न काठमाडौंबाट ४ देखि ५ दिनमा घुमेर फिर्ता हुन सकिन्छ।

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’मा भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड गरी पाँच कुण्डहरू छन् ।
इन्द्रावती नदीको उद्गमस्थल पनि पाँच पोखरी नै हो ।




