२८ असार २०८३, आइतबार

तिहार र छठको अवसरमा कुमारी बैंकले ल्यायो क्याशब्याक अफर​

कात्तिक ७, २०८१
काठमाडौं
तिहार र छठको अवसरमा कुमारी बैंकले ल्यायो क्याशब्याक अफर​

कुमारी बैंक लिमिटेडले तिहार, किजा पूजा तथा छठ पर्वको अवसरमा क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ । 

यही कात्तिक १४ देखि २२ गतेसम्म ९ दिनका लागि क्याशब्याक अफर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।​

अफरअन्तर्गत भाइटीका तथा किजा पूजाका दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीले ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्याशब्याक ​पाउनेछन् । 

अन्य ८ दिन सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्याशब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्याशब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।​​

यस प्रकारको प्रोत्साहनले सेवाग्राहीलाई विद्युतीय भुक्तानीका माध्यमबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

साथै कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा, ३१९ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्