०५ साउन २०८३, मंगलबार

बझाङमा जीप दुर्घटना, ४ जना घाइते

कात्तिक १२, २०८१
बझाङ
बझाङमा जीप दुर्घटना, ४ जना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो ।

सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्