०६ साउन २०८३, बुधबार

टीभीएस बाइक किन्दा जनकपुरका साहले जिते १० लाख रुपैयाँ​​

कात्तिक २०, २०८१
काठमाडौं
टीभीएस बाइक किन्दा जनकपुरका साहले जिते १० लाख रुपैयाँ​​

टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीमलाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् ।​

नेपालीहरूको महान चाड दशैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित 'टीभीएससँग नयाँ युगको आरम्भ २०२४' उपहार योजनाअन्तर्गत साहले बाइक खरिद गर्नुअघि ५ हजार र खरिदपश्चात १० लाख रुपैयाँ जितेका हुन् ।

साहका साथै, महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार रुपैयाँ जितेका छन् । उनले खरिदअघि ५ हजार र खरिदपश्चात ५ लाख रुपैयाँ जिते हुन् ।​

यस्तै, भृकुटीमण्डपमै प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार जित्न सफल भएका कम्पनीले जनाएको छ ।

त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएका छन् ।

साथै 'टीभीएससँग नयाँ युगको आरम्भ २०२४' उपहार योजनाअन्तर्गत हालसम्म  २ जनाले नगद १ लाख, ४ जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद ५ हजार जित्न सफल भइसकेका छन् ।

नेपालमा दुई पाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजनाअन्तर्गत टीभीएसको नेपाल भर रहेका आधिकारिक विक्रेतामार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरू मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरूको घोषणा गरेको हो ।​

टीभीएससँग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्री केन्द्रमार्फत आयोजना भइरहेको छ ।

उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ ।

यस योजनाअन्तर्गत, ग्राहकहरूले नगद पुरस्कार, क्याशब्याक र प्री–पर्चेज बोनसजस्ता विविध पुरस्कारहरू जित्ने अवसर प्राप्त गरिरहेका छन् । ​

टीभीएस नेपालले सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै उत्साहजनक सहभागिताका लागि आभार व्यक्त गरेको छ ।

यस मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिँदै कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाएर मौकाको फाइदा लिन सबैलाई आग्रह गरेको छ ।

साथै, आगामी दिनमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता कम्पनीको छ ।

कमेन्ट गर्नुहोस्