
चलचित्र ‘हरि बहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। खड्काले यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतसंग अभिनय गर्नेछिन्।
हरि बहादुरको जुत्तालाई सरोज ओलीले निर्माण गर्दैछन्। हरिवंशको नै कथा रहेको चलचित्र चाडै सुटिङ्गमा जाने तयारीमा रहेको बताइएको छ । फिल्मका निर्देशक दिपेन्द्र के खनाल रहेका छन् ।