११ साउन २०८३, सोमबार
मन्त्रिपरिषद्को निर्णय

लाल आयोगको प्रतिवेदन सार्वजनिक

कात्तिक २५, २०८१
काठमाडौं
लाल आयोगको प्रतिवेदन सार्वजनिक

सरकारले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही समययता गोप्य राखिएको उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

 सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल विवाद सम्बन्धमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । उक्त प्रतिवेदन तयार भएपनि हालसम्म सार्वजनिक भएको थिएन । 

उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयको वेबसाइटमार्फत प्रकाशित गरिने ती मन्त्रीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्