
नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको थियो । सोमबार बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको थियो ।
गुराँस लघुवित्त वित्तीय संस्था र मेछियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारका आधारमा गुडविल फाइनान्स लिमिटेड २९ करोड २८ लाख ६१ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रूपैयाँको कारोबार भएको थियो ।