२३ असार २०८३, मंगलबार

सिरहाका किसानले पाए अनुदानमा गहुँको बीउ

कात्तिक २७, २०८१
सिरहा
सिरहाका किसानले पाए अनुदानमा गहुँको बीउ

सिरहाको लहान नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।

आर्थिक वर्ष २०८१/८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत मंगलबारदेखि किसानलाई अनुदानमा गहुँको बीउ वितरण शुरू गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिए । 

उनले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताए । 

प्रतिकिलोग्राम ८५ रूपैयाँ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । 'यसमा गहुँको ढुवानी खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ', नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भने ।

नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कूल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले बताए । ​

नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैं जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्