
इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ 'इन्ड्राइभ कम्फर्ट' फिचर सुविधा शुरू गरेको छ।
यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधासहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने बताइएको छ। कम्फर्ट सवारीहरू उच्च गुणस्तर र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त रहेको बताइएको छ।
नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्ने कम्पनीको विश्वास छ।
इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकरले ग्राहकहरूको आवश्यकता पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको उल्लेख गरेका छन्।
'इन्ड्राइभ कम्फर्ट' राइडको शुरूआत नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास भएको उनको भनाइ छ। प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकता पूरा गर्ने उपयुक्त सवारी विकल्प प्रस्ताव गर्न प्रतिबद्ध रहेको कर्माकरले बताएका छन् ।
एशिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, 'हामी चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएका छौं। त्यसैले, तपाईंले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमा यात्रा हुन्छन्। हामी यात्रु र चालक दुवैको हातमा राइडशेयर सर्तहरू उपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन सँधै प्रतिबद्ध छौं।'