३० असार २०८३, मंगलबार

जुम्लामा निःशुल्क कान शिविर​

कात्तिक २९, २०८१
जुम्ला
जुम्लामा निःशुल्क कान शिविर​

सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित वीएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका  सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताइन् ।

पालिकाले अन्य स्थानमा पनि  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्