
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीदेखि १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनीहरूविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको हो ।
निवेदक अधिवक्ता अनुपम भट्टराईका अनुसार रिट निवेदनमा मंसिर ३ गते पेशी समेत तोकिएको छ ।
सहकारी ठगीको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीसहितका कार्यकर्ताले सडकमा प्रदर्शन गर्दै अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर भएको हो ।
रवि लामिछाने र उपसभामुख इन्दिरा रानाबाहेक रास्वपाका सबै सांसद विपक्षी बनाइएका छन् । यसमा उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल, सांसद सोविता गौतम, तोसिमा कार्की लगायतका नेताहरू परेका छन् ।
हेर्नुहोस् रिट निवेदन