०५ साउन २०८३, मंगलबार

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि​​

मंसिर ३, २०८१
काठमाडौं
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि​​

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।​ ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिएका हुन्। 

पूर्वसभामुख ढुंगानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

यसअघि सोमबार नै ​ढुंगानाको पार्थिव शरीर अन्तिम बिदाइका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो ।

सानो गौचरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका थिए ।

 

 

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्