११ साउन २०८३, सोमबार

सिटिजन्स  बैंकको ‘रेमिट’ सेवा अब २४सैं घण्टा, के-के छन् सुविधा ?

मंसिर ६, २०८१
काठमाडौं
सिटिजन्स  बैंकको ‘रेमिट’ सेवा अब २४सैं घण्टा, के-के छन् सुविधा ?

सिटिजन्स  रेमिटबाट २४सैं घण्टा पैसा प्राप्त गर्ने सुविधाः करिब ५० राष्ट्रबाट सजिलै पैसा प्राप्त  गर्न सकिन्छ

सिटिजन्स  बैंकको ‘सिटिजन्स  रेमिट’ सेवा अब २४सैं घण्टा उपलब्ध हुने भएको छ । विश्वका करिब ५० राष्ट्रबाट  पठाएको रकम अब २४सैं घण्टा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

रेमिट सेवा लिन सिटिजन्स बैंकमा खाता खोल्नु अनिवार्य छैन । जो कसैले पनि सिटिजन्स रेमिटमार्फत् पठाएको पैसा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

पैसा प्राप्त गर्ने सजिलो उपाय

सिटिजन्स  रेमिट’मार्फत पठाएको पैसा  देशभरिका सिटिजन्स बैंकका शाखाहरू, २० हजारभन्दा बढी एजेन्ट, सिटिजन्स मोबाइल एप र वालेटमार्फत् सजलै पाउन सकिन्छ । 

विदेशबाट पैसा पठाउने प्रक्रिया
विदेशबाट नेपालमा पैसा पठाउँने व्यक्तिले आफू रहेको राष्ट्रमा रहेका रेमिट्यान्स कम्पनीमार्फत् पठाउन सकछन् । त्यस्ता राष्ट्रमा रेमिट्यान्स कम्पनीले मोबाइल एप्लिकेशनको सुविधा प्रदान गरेको हुन्छ ।

उक्त मोबाइल एपबाट सहजै  पैसा पठाउन सकिन्छ । साथै रेमिट्यान्स कम्पनी र एक्सचेन्ज हाउसमा गएर पनि सिटिजन्स रेमिटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । ​

मोबाइल बैंकिङबाट रकम प्राप्त गर्न 
सिटिजन्स बैंकको मोबाइल एपबाट पनि रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिन्छ । यसका लागि सिटिजन्स बैंकको मोबाइल एपमा ‘सेन्ड मनि’मार्फत् ‘सिटिजन्स रेमिट’भित्र जानुपर्ने हुन्छ ।

त्यसपछि पैसा पठाउँदा प्रदान गरिएको ‘पिन नम्बर’ र पठाएको रकम राख्दा सबै विवरणहरू देखाउँछ ।  अनि आवश्यक विवरण  भर्नासाथ सिटिजन्स बैंकको  सम्बन्धित ग्राहकको खातामा रकम प्राप्त हुन्छ ।

मोबाइल वाटेलबाट पनि पैसा प्राप्त गर्न सकिने
नेपालमा सञ्चालनमा रहेका मोबाइल वालेटबाट पनि सिटिजन्स रेमिटमार्फत् पठाएको रकम प्राप्त गर्न सकिन्छ । त्यसका लागि मोबाइल वालेटमा रेमिट्यान्स भित्र ‘सिटिजन्स रेमिट’लाई छनोट गर्नुपर्ने हुन्छ । 

त्यसपछि पैसा पठाउँदा उपलब्ध गराएको पिन नम्बर र रकम भर्नासाथ पठाएको विप्रेषण कारोबार देखिन्छ । आवश्यक विवरण भरेर उक्त रकमलाई सम्बन्धित ग्राहकका वालेटमा लोड गर्न सकिन्छ ।

सिधै बैंक खातामा रकम प्राप्त गर्न
सिटिजन्स रेमिटबाट नेपालमा पैसा पठाउँदा नेपालको जुनसुकै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीमा रहको खातामा सिधै पठाउन सकिन्छ । यसरी पठाएको रकम एक मिनेटमै  ग्राहकको खातामा जम्मा हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्