२३ असार २०८३, मंगलबार

रुस्लान वेभ रक टूर २०१७ शुरु

कात्तिक २५, २०७४
रुस्लान वेभ रक टूर २०१७ शुरु

काठमाडौं, २५ कात्तिक–  रुस्लान भोड्काको मुख्य प्रायोजनमा रुस्लान भेव रक २०१७ शुरु भएको छ । 

उक्त कार्यक्रमअन्तर्गत नेपालको चर्चित रक ब्याण्ड एल्वाट्रोस देश दौडाहामा निस्किएको छ । 

व्याण्डले कात्तिक २५ गते (शनिवार) धरानस्थित पब्लिक ग्राउण्डमा आफ्नो प्रस्तुती दिँदै छ । यस्तै कात्तिक २७ गते क्याम्पाचौर चितवन, २८ गते बुटवल र ३० गते पोखरा हुँदै मंसिर ३ गते बनेपा बसपार्कमा कार्यक्रम हुने छ । 

एल्वाट्रोस युवाहरु माझ निकै लोकप्रिय समुह हो । करिब २ घण्टा सम्म चल्ने प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरु प्रस्तुत गर्नेछ । ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रम प्रति निकै आशावादी छन् । यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिने  उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्