
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार १३.०३ अंकले घटेर परिसूचक २६६७.४० बिन्दुमा बन्द भएको थियो ।
दोहारो अंकले बढे पनि ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
सोमबार कारोबारका आधारमा ङादी ग्रुप पावर लिमिटेड ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।