०५ साउन २०८३, मंगलबार

युक्रेन भन्छ- रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गर्‍यो

मंसिर ११, २०८१
काठमाडौं
युक्रेन भन्छ- रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गर्‍यो
फाइल तस्वीर ।

रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।  

पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन् । युक्रेनले हालै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ ।  

सेनाले रूसले मानवरहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउँदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ । 

युक्रेनी सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ । 

युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको समाचार संस्था एएफपीले जनाएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्