०५ साउन २०८३, मंगलबार

डिशहोम गो एप र एक्सन स्पोर्ट्सको युट्युबलाई एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार

मंसिर १२, २०८१
काठमाडौं
डिशहोम गो एप र एक्सन स्पोर्ट्सको युट्युबलाई एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।

यो साझेदारीअन्तर्गत, डिशहोमले नेपाली क्रिकेट प्रेमीलाई एनपीएलका सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रूपमा एनपीएल २०२४ का सम्पूर्ण खेल नेपाल भित्र जुनसुकै स्थानबाट सहज रूपमा हेर्न सकिने कम्पनीले जनाएको छ ।​ 

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैं तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले बताए ।​ 

'एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि हो,' उनले भने, 'यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।'

देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए ।​ ​

एनपीएलमा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।​

डिशहोमसँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको शुरूआत रहेको कम्पनीको दाबी छ ।

साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको उनले बताए ।​ ​

एनपीएलको पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म (३० नोभेम्बरदेखि २१ डिसेम्बर २०२४) हुँदैछ ।​​

कमेन्ट गर्नुहोस्