
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले र नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)सँग साझेदारी घोषणा गरेको छ।
दुई संस्थाबीच भएको समझदारीपत्रमा नेपाल क्रिकेट संघ (क्या)का सचिव पारस खड्का र प्रेसिडेन्सियल ग्राजुएट स्कुलका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरे । यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र शिक्षा प्रदान गर्नका साथै खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको अध्यक्ष केसीले बताए ।
एमओयूमार्फत एनपीएलको आधिकारिक शैक्षिक साझेदार बन्दै मैदान भित्र र बाहिर च्याम्पियनहरू तयार गर्ने सोच भएको पीजीएसले आफ्नो प्रतिबद्धतालाई पुनः एकपटक पुष्टि गरेको स्कुलले बताएको छ ।
बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पीजीएस र समग्र क्रिकेट जगतलाई प्रवर्द्धन गर्ने उदेश्यसहित अगाडि बढेको एनपीएलबीचको सहकार्यले नेपाली क्रिकेटको इतिहासमा एक नयाँ अध्याय रचेको बताइएको छ ।
पीजीएस र एनपीएल एकसाथ मिलेर नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहकार्य गर्दै नयाँ उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको जानकारी गराइएको छ।
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिङ र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ।
एनपीएल यही मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।