
भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। आज तय भएको सुनिल ग्रोवर लाइभ इन नेपालमा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्।
कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ। ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो । ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् ।
ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए ।