०२ साउन २०८३, शनिबार

चार महिनामा ४७७ युवाले विदेशमा ज्यान गुमाए

मंसिर २५, २०८१
काठमाडौं
चार महिनामा ४७७ युवाले विदेशमा ज्यान गुमाए

विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो ।

यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्