२४ जेठ २०८३, आइतबार

उधौली र योमरी पुन्हिको शुभकामना दिँदै देउवाले के भने ?

मंसिर ३०, २०८१
काठमाडौं
उधौली र योमरी पुन्हिको शुभकामना दिँदै देउवाले के भने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । 

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै उनले  शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन्।

यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ । यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको देउवाले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्