काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तय गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँ, भारतिय सुकेको प्याज ९१ रुपैयाँ रहेको छ ।
यसैगरी तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ भने कन्य च्याउ १८०, डल्ले च्याउ ३००,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ ।
त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।
