![हेर्नुहोस् मिरुना मगरदेखि प्रदीप खड्कासम्मको ‘क्याट वाक’ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Glam_Fashion_Show_Nepal__16_oQRgch0vP6.jpg)
ग्लाम नेपाल इन्टरनेशनलको चौंथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा मोडलहरूले क्याट वाक गरेका छन् ।
काठमाडौंको याक एण्ड यति होटलमा शनिबार बेलुकी आयोजना गरिएको फेसन सोमा एक दर्जन बढी मोडलले १० जना डिजाइनरले बनाएका विभिन्न भेला, आयोजना तथा विशेष अवसरमा पहिरिने कपडाका डिजाइनहरू प्रस्तुत गरेका हुन् ।
विभिन्न विधा र शीर्षक अन्तर्गत प्रस्तुत गरिएका पहिरनमा मोडलले क्याट वाक गरेपछि नेपाली कलाकारहरूले पनि सो स्टपरको रूपमा र्याम्प वाक गरेका हुन् ।
चर्चित नेपाली अभिनेत्री मिरुना मगर, आना शर्माका साथै अभिनेता प्रदीप खड्का लगायतले सो-स्टपरको रूपमा र्याम्पमा प्रस्तुत भएका थिए ।














