३० असार २०८३, मंगलबार

‘सोइसोइला हौ कुर्र हा हा...’ [तस्वीरहरू]

मंसिर ३०, २०८१
काठमाडौं
‘सोइसोइला हौ कुर्र हा हा...’ [तस्वीरहरू]

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आइतबारदेखि शुरू भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा आइतबार ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको शुरूआता गरिएको छ ।

‘सिन्कौली सेउली भाँचौंला, 
साकेला सिली नाचौंला
सोइसोइला हौ कुर्र हा हा’

साकेलाको अवसरमा सिली नाच्दै गाइने गीतको एक अंश हो यी दुई हरफ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । 

कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत समुदायमा रहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्