काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ ।
यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
