
एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘विन्टर कार्निभल–२०२४’ आयोजना गर्ने भएको छ । विन्टर कार्निभल यही शुक्रबार र शनिबार हुनेछ ।
काठमाडौंको बालुवाटारस्थित सिल्भर ओकमा आयोजना हुने कार्निभलमा एमजी, माज्दा, म्याक्सस र वुलिङजस्ता चर्चित लक्जरी ब्रान्डको प्रदर्शन गरिने कार्यक्रम रहेको एमजीले जनाएको छ ।
कार्यक्रममा आगन्तुकले यी गाडीहरू नजिकबाट हेर्न, विशेष अफर लिन र मनोरञ्जनात्मक माहोलमा रमाउन सक्ने एमजीको भनाइ छ ।
उक्त कार्यक्रममा गाडी साटफेर पनि गर्न सकिनेछ । यस्तो साटफेरमा ग्राहकले १० लाख रूपैयाँसम्मको बोनससहित उच्चतम मूल्य पाउन सक्नेछन् । कार्यक्रममा गाडी खरिद गर्न तत्काल र झन्झटरहित फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको छ ।
त्यस्तै, कार्यक्रममा सहभागी हुनेले टेस्ट ड्राइभ पनि गर्न सक्नेछन् । एमजी, माज्दा, म्याक्सस र वुलिङका लक्जरी गाडीहरू ग्राहक आफैंले चलाएर अनुभव गर्न सक्ने एमजीले जनाएको छ ।
कार्यक्रममा सांगीतिक प्रस्तुति समेत हुने र सहभागीका लागि खाना र खाजा पनि उपलब्ध हुने एमजीको भनाइ छ ।
कार्यक्रममा फेन्ट पेन्टिङ, शूटिङ गेमलगायत सबै उमेरका व्यक्तिका लागि रमाइलो खेल पनि राखिएको छ भने बालबालिकालाई रमाउन छुट्टै प्ले जोन पनि राखिएको छ ।
कार्यक्रममा नेपाल प्रिमियम लिगको फाइनल खेल पनि देखाइने छ । ‘हामीले यस कार्निभलमा सबैलाई आमन्त्रित गर्न चाहन्छौं’, प्यारामाउन्ट मोटर्सका एक प्रतिनिधिले भने, ‘यो कार्यक्रम एक्सचेन्ज अफर, मनोरञ्जन र विशेष अफर तथा फाइनान्सिङ सुविधा उपयोग गर्ने असाधारण अवसर हो ।’