०६ साउन २०८३, बुधबार

चलचित्र ‘बम बहादुर’ प्रदर्शनमा

पुस ३, २०८१
काठमाडौं
चलचित्र ‘बम बहादुर’ प्रदर्शनमा

शुक्रबारदेखि नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शन हुने भएको छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । 

उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ । 

“चलचित्रको योजना गरिएका विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ”, निर्देशक राईले भने । 

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्