०९ साउन २०८३, शनिबार

‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल घोषणा, के-के छन् विशेषता ?

पुस ७, २०८१
काठमाडौं
‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल घोषणा, के-के छन् विशेषता ?

द वन्डरल्यान्ड गेम जोनले ‘वन्डरल्यान्ड कार्निभल’ घोषणा गरेको छ । यही डिसेम्बर २४ देखि जनवरी १ सम्म चल्ने उक्त कार्निभलमा परिवार र साथीहरूसहित सहभागी बन्न सकिने कम्पनीले जनाएको छ ।

कार्निभलमा अतिरिक्त खेल, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिति, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाइट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछन् ।​

एक वर्षको अवधिमा वन्डरल्यान्ड एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । ​यही कार्यक्रमअन्तर्गत वन्डरल्यान्डले आफ्नो एक वर्षको सफलता मनाउन लागिरहेको छ ।​

वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।

null

नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाइलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् ।

मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ ।

चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ ।

अहिलेसम्म वन्डरल्यान्डले नेपालमा ‘एनडब्लूसी एमएमए’ प्रतियोगिता र ‘गड इज ओमम’ कन्सट सफलतापूर्वक आयोजना गरिसकेको छ ।

यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्