![काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा उत्रिए कवाड व्यवसायी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kawad_5_XrEAZjOoLE.jpeg)
व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाड व्यवसायीहरूले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले व्यवसायीको टहरामा डोजर चलाएको भन्दै उनीहरूले आइतबार प्रदर्शन गरेका हुन् ।
उनीहरूले 'नव राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीहरूको रक्षा गर' लगायतका नारा लगाएका थिए ।
केही समय अघिदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् ।
स्वीरहरू











