२९ असार २०८३, सोमबार

फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई ग्लोबल आईएमई बैंकको विषेश उपहार

पुस १८, २०८१
काठमाडौं
फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई ग्लोबल आईएमई बैंकको विषेश उपहार

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजना सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  सोही अवसरमा ल्याइएको यो योजना आज बिहीबारदेखि माघ १८ गते शुक्रबारसम्म सञ्चालनमा रहनेछ ।

यस उपहार योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आवद्ध भएका तर, हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले १८० रूपैयाँ वा सोभन्दा बढी रूपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० क्यासब्याक प्राप्त गर्नेछन् । 

योजना अवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरूले स्मार्टफोन जित्नेछन् । 

साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् । 

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ ।  बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्