३० असार २०८३, मंगलबार

वीरेन्द्रनगरको घन्टाघर पार्कमा कंक्रिटयुक्त संरचना, स्थानीयको असन्तुष्टि

पुस २५, २०८१
सुर्खेत
वीरेन्द्रनगरको घन्टाघर पार्कमा कंक्रिटयुक्त संरचना, स्थानीयको असन्तुष्टि

सुर्खेतको वीरेन्द्रनगरस्थित घन्टाघर नजिक निर्माणाधीन पार्कमा नगरपालिकाले कंक्रिटयुक्त मैदान बनाउन थालेपछि स्थानीयले असन्तुष्टि जनाएका छन् । 

पर्यावरणमैत्री र हरित नगर बनाउने घोषणा गरेकी प्रमुख मोहनमाया ढकाल नेतृत्वको स्थानीय सरकारले नै पार्कमा कंक्रिटयुक्त संरचना बनाउन थालेपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् । 

कंक्रिटका संरचना बनाउँदा उक्त ठाउँ न मैदानजस्तो न पार्कजस्तो बनेको स्थानीय व्यापारी रमेश कार्कीले बताए । ‘कंक्रिटको मैदान बनाउनुभन्दा हरियाली मैदान बनाइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘यो त न मैदानजस्तो भयो न त पार्कजस्तो नै ।’

null

नारामा हरित नगर बनाउने घोषणा गरे पनि नगरपालिका कंक्रिटयुक्त ​पार्क बनाउन कस्सिएको अर्का स्थानीय सुमन माकुनेले बताए । ‘कुरा एउटा गरेर अर्कै काम गर्ने नेताहुरूको चरित्र नै भैसक्यो,’ उनी भन्छन्, ‘पार्क बनाउने भनेर कंक्रिटको मैदान बनाउने उपाय कसले दिएछ ? अचम्म लागिरहेको छ ।’

पार्कमा अहिले ढलान नै गरेर दैलेख र रुकुम पश्चिमबाट ल्याइएका पत्थर मिलाएर राख्न थालिएको छ । स्थानीयको गुनासोपछि अनुगमनमा गएको पालिकाको टोलीले पहिलो बिल भुक्तान दिँदा नै पर्यावरणमैत्री बनाउन सुझाव दिएको थियो ।

null

घन्टाघर पार्क पश्चिम डबली निर्माण गर्न गत असोज ४ गते प्रसन्न निर्माण सेवासँग नगरपालिकाले सम्झौता गरेको थियो । कूल लागत स्टिमेट एक करोड ७० लाख ५६ हजार ६ सय भए पनि कम्पनीले ९६ लाख ९६ हजार २९५ मा ठेक्का लिएको थियो । अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यता, नगरप्रमुख ढकालले भने स्थानीय सामग्री प्रयोग गरेर पार्क निर्माण गरिएको दाबी गरिन् । ‘हामीले स्थानीय सामग्री प्रयोग गरेर पार्क निर्माण गरेका छौं,’ उनले भनिन् ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा झण्डै तीन लाख नागरिकको बसोबास छ ।

salt training

कमेन्ट गर्नुहोस्