३० असार २०८३, मंगलबार

चलचित्र ‘महाभोज’ निर्माण गरिने

माघ १, २०८१
काठमाडौं
चलचित्र ‘महाभोज’ निर्माण गरिने

माघेसङ्क्रान्तिको अवसर पारेर आज नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । यहाँस्थित कमलादीमा रहेको गणेशस्थानमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक दिनेश राउतले चलचित्रको छायाङ्कन यही माघ ७ गतेदेखि पोखरामा हुने जानकारी दिए। 

उनले भने, “यस चलचित्रमा समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथा समेटेका छौँ । नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्व देखाउने प्रयास चलचित्रमार्फत गर्दैछौँ ।”

निर्देशक राउतले ‘महाभोज’ नागरिकको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही अभियान रहेको बताए । यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला,  बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपानेलगायतका कलाकारले अभिनय गर्नेछन् ।

विकास सुवेदीद्वारा लिखित कथामा आधारित चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, उत्तम न्यौपानेले ध्वनि मुद्रण गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्