![समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/naya_bato_NkwosEDZEU.png)
असफल प्रेम र पीडाले ओतप्रोत गीत ‘नयाँ बाटो रोज्दै छु’ सार्वजनिक भएको छ ।
गायिका समीक्षा अधिकारीको स्वर गीतमा हरि कटुवालको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
गीतलाई हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा सञ्जीव बराइलीको एरेन्ज रहेको छ भने गीता ढुङ्गाना र पर्वत गदाइली फिचर्ड छन् ।
देवराज आचार्यको निर्देशन रहेको भिडियोमा युवा युवतीबीचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ ।
निर्देशक आचार्यकै छायाङ्कन रहेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् ।
भिडियो :