×

NMB BANK
NIC ASIA

मतान्तर कम होला तर चुनाव मैले जित्छु, नारायणकाजी फस्नुभो : बाबुराम [भिडियो अन्तर्वार्ता]

मंसिर ४, २०७४

NTC
Premier Steels

गोरखा, ४ मंसिर – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा बाबुरम भट्टराईले मत अन्तर कम भएपनि चुनाव आफैले जित्ने दाबी गरेका छन् । 

Muktinath Bank


शनिवार राति गोरखाको पालुङटारमा लोकान्तरसँगको छोटो तर विशेष कुराकानीमा भट्टराईले भने, ‘मप्रति गोरखाली जनताको अपार माया र सद्भाव छ, कमै मतले भएपनि चुनाव जित्दैछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


अर्थमन्त्री र प्रधानमन्त्री रहँदा पूर्वाधार विकासको काम गरेको र प्रत्येक महिना जिल्ला आइरहेका कारण मतदाताले आफूलाई रोज्ने भट्टराईले दावी गरे । 


Advertisment
Nabil box
Kumari


नारायणकाजी श्रेष्ठले काठमाडौंका केही बुद्धिजिवीलाई वक्तव्य निकाल्न लगाएर आफूलाई मत नदिन आग्रह गरेको घटनालाई आफूले श्रेष्ठको पराजयको पूर्व संकेतका रुपमा   बुझेको भट्टराइको भनाइ छ । ‘उहाँप्रति मेरो सद्भाव छ । गोरखामा नआउनुहोस् भनेर मैले पनि उहाँलाई सम्झाए । तर मान्नु भएन । उहाँ हार्दै हुनुहुन्छ । फस्नु हुने भो ।’

Vianet communication


गाउँको गोठालो (आफैलाई गोठालोसँग तुलना गर्दै) एसएलसीमा बोर्ड फष्ट भएदेखि नै आफूले गोरखाली जनताको माया र स्नेह पाएको उनले बताए । 


‘कुनै पार्टीको कार्यकर्ताको रुपमा मात्र नभइ गोरखाली जनताको छोराको रुपमा माया र स्नेह पाएको छु’ उनले भने ।


उनले आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठमा वोल्ने कला भएको तर गोरखाली जनतासँग कुनै साइनो नभएको आरोप लगाए ।  


‘उहाँ (नारायणकाजीजी) आर्टिकुलेट (राम्रो वोल्न सक्ने क्षमता) भएको व्यक्ति हो । मिडियामा राम्रै प्रचार गर्न खप्पिस हुनुहुन्छ,’ भट्टराइले थपे, ‘गोरखाका जनतासँग उहाँको कुनै साइनो छैन । नआउनुहोस् भन्दा भन्दै खै कस्को के रणनीतिमा उहाँ यहाँ आउनुभयो ।  तर उहाँ फस्नु हुने भो किनभने उहाँ चनुाव हार्दै हुनुहुन्छ ।’  


भट्टराइसँगको पूरै कुराकानी हेर्न भिडियो क्लिक गर्नुहोस्ः 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x