
काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेस्थित बागमती खोलाले बस्ती नै बगाएपछि खोलामाथिको पाखामा त्रिपालमुनि बस्दै आएका विस्थापित परिवार ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि यहाँका सात घरपरिवार चार महिनादेखि विचल्लीमा परेका हुन् । तस्वीर : पेमा लामा/रासस