३० असार २०८३, मंगलबार

‘जनै हराएको बाहुन’मा गौरव र रियरको ‘इन्ट्री’

माघ २६, २०८१
काठमाडौं
‘जनै हराएको बाहुन’मा गौरव र रियरको ‘इन्ट्री’

निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता गौरव पहारी र रियर राई अनुबन्ध भएका छन् ।  हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रका लागि यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराल प्रमुख भूमिकामा अनुबन्ध भइसकेका छन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको चलचित्रमा एशोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । 

भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

चलचित्रका निर्मातामा सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । 

चलचित्रमा नवीन गुरुङ छायांकारको रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् । 

यो वर्षको अन्त्यसम्ममा छायांकान शुरू गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्