
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन् ।
‘गुरुक्षेत्र–२, २०२५’मा सहभागी प्रतिस्पर्धी १ सयभन्दा बढी गुरुहरूलाई पछि पार्दै सुर्खेतका सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका हुन् ।
‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रम यही फागुन १ गते काठमाडौंस्थित होटल क्राउन इम्पेरियरमा ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ सम्पन्न भएको हो ।
टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स (fluids) र टाटा ड्युराफिट पार्ट्स (Durafit Parts)को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सिप्रदीका अनुसार नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै लालबहादुर नेगी- द्वितीय र ब्रह्मानन्द चौधरीले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी सञ्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्वसामु चिनाउने अवसर प्राप्त गरेका कम्पनीले जनाएको छ ।
यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमनकुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका छन् ।