
शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ ।
नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि हुँदै १० अर्ब ४ करोड पुगेको छ ।
सोमबार बैंकिङ, होटल, माइक्रो फाइनान्स र अदर इन्डेक्समा २ प्रतिशतभन्दा माथिको वृद्धि भयो ।
हाई क्यापिटलाइजेसन सेक्टर बैंक बढेका कारण नेप्सेको वृद्धि सम्भव भयो ।
सोमबार ६ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले नै घट्यो ।
१६६ कम्पनीका लगानीकर्ताले कमाउँदा ७४ कम्पनीका लगानीकर्ताले गुमाए । ४ कम्पनीमा कुनै परिवर्तन भएन ।