२९ जेठ २०८३, शुक्रबार

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी, ६० प्रतिशतभन्दा बढी नेपालकै उत्पादन

फागुन ८, २०८१
काठमाडौं
दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी, ६० प्रतिशतभन्दा बढी नेपालकै उत्पादन

काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू भएको छ । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताहरूको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको प्रदर्शनी बिहीबारदेखि शुरू भएको हो । 

फागुन ११ गतेसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीका १५० बढी स्टल रहनेछन् । जसमा ६० प्रतिशतभन्दा बढी नेपालकै उत्पादक रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रिइन्जिनियरिङ बिल्डिङ, पावर टुल्स र विन्डोज लगायतका सामाग्री रहनेछन् ।

प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा रहनेछ । जहाँ निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रदर्शनीको ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ । 

पञ्चकन्या
पञ्चकन्या ग्रुपले यूपीभीसी र बाथवेयरका उत्पादन प्रदर्शनीमा राखेको छ । नेपालको चर्चित र अब्बल व्यावसायिक घराना पञ्चकन्या ग्रुपले प्रदर्शनीमा आफ्नो उपस्थिति देखाएको हो । नेपाली बजारमा गुणस्तरीय सामग्री उत्पादकको रूपमा उदाएको पञ्चकन्या बाथवेयरमा पनि देखिएको छ ।

null

पञ्चकन्या ग्रुप अन्तर्गतको ‘पञ्चकन्या बाथवेयर’मा बाथरुममा प्रयोग हुने धारा, सावर, पाइप लगायत सामाग्री रहेको पञ्चकन्या बाथवेयरका सेल्स अफिसर जयेश माझीले बताए ।  नेपालमै उत्पादन भएका उच्च गुणस्तरका धारा, सावर, पाइप लगायत सम्पूर्ण सामाग्रीहरू एकै ठाउँमा पाउन सकिने उनले बताए । 

null

बाथवेयरमा १८ प्रकारका धाराहरू देख्न सकिन्छ भने, २५० लिटरदेखि १० हजार लिटरसम्मको पानी ट्याङ्की पनि उपलब्ध छ । 

पञ्चकन्याकै अर्को उत्पादन यूपीभीसी पनि पर्दशनीमा देखाइएको छ । पञ्चकन्याले डिमेक्स यूपीभीसीका उत्पादनमा २० वर्षको वारेन्टीसम्म प्रदान गरिरहेको छ । पञ्चकन्याका झ्यालसम्बन्धी सामग्री पूर्ण रूपमा जर्मन प्रविधिमा आधारित रहेको पञ्चकन्याका सिनियर सेल्स हेड सोनु शाहले बताए ।

शाहका अनुसार काठमाडौंको पेप्सीकोलामा यूपीभीसीका सम्पूर्ण सामाग्री प्राप्त गर्न सकिन्छ । झ्याल सम्बन्धी सम्पूर्ण सामाग्री पञ्चकन्याको डिमेक्समा यूपीभीमा उपलब्ध छन् ।

null

 

प्रिमियर
प्रर्दशनीमा शाराडा ग्रुपले सञ्चालन गरिरहेको प्रिमियर वायर्सको पनि बलियो उपस्थित रहेको छ । प्रिमियरका जीआई वायर, ग्याभिन बक्स, एसीएसआर कन्डक्टर, पीभीसी केबल, स्टिल वायर, कपर र केबल पर्दशनीमा देखिएका छन् । 

null

वायरका साथै प्रिमियर देशकै पहिलो ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिल उत्पादन गर्ने कम्पनीका रूपमा रहेको छ । ३६ वर्षभन्दा पुरानो स्टिलजन्य उत्पादनको अनुभव बोकेको प्रिमियर स्टिलका देशभर २०० भन्दा बढी आउटलेट छन् ।

निर्माण क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नवीनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको भट्टराईले बताए ।

‘बिहीबारदेखि शुरू भएको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १०औं संस्करण फागुन ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । यो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । यसमा प्रवेश निःशुल्क रहेको छ । मेलामा बिल्डिङ कन्स्ट्रक्सन सम्बन्धित सबै कुरा हुनेछन्’, भट्टराई ले भने, ‘१०औं संस्करणमा हामीसँग १५० वटा कम्पनीको सहभागिता रहेको छ । ३ सय भन्दा बढी ब्रान्ड प्रदर्शनीमा हुनेछन् ।’

कन्ट्याक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर लगायत यो क्षेत्रमा काम गरिरहेका डिस्ट्रिब्युटर्स, डिलर्स र घर बनाइरहेका आम नागरिक लक्षित रहेको उनले बताए । ४ दिनमा ४० देखि ४५ हजार जनाले यसको अवलोकन गर्ने अपेक्षा गरिएको भट्टराईले बताए । 

बृज 
केडिया व्यावसायिक समूह अन्तर्गतको बृज एडिटिभ्सले पनि आफ्ना उत्पादन पर्दशनीमा राखेको छ । बृज एडिटिभ्सका वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सोलुसन्सहरू प्रदर्शनीमा छन्  । 

null

घरलाई पानीले पुर्‍याउने क्षतिबाट बचाउन वाटरप्रुफिङका लागि वेदर प्रो प्लस २५० र बृज सेफक्रेट रहेको बृजका दिवाश केसीले बताए । केसीका अनुसार बृजका उत्पादनले निर्माणलाई मजबुत र दीगोपन प्रदान गर्न पिलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाउँछ । 

बृज एडिटिभ्सका सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ५५० र अल्ट्रसेन १०० लगायतका समाग्री उपलब्ध रहेका छन् । 

nullप्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, विल्डर, इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको छ । निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाका साथै आम नागरिकको पनि सहभागिता रहनेछ ।

null

प्रदर्शनीको शीर्ष प्रायोजक लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाईबर्ड र सह प्रायोजकमा पर्ल प्रेसिजन रहेका छन् । सहयोगी संस्थामा नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ नेप्लीज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्