०३ साउन २०८३, आइतबार

सामान्य अङ्कले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

फागुन १२, २०८१
काठमाडौं
सामान्य अङ्कले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

तीव्र उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले बढेको छ ।

सोमबार नेप्से परिसूचक ३.३५ अङ्कले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो । 

यस दिन बजारमा २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन आइतबार मात्रै ११.६६ अङ्कले बढेको नेप्से २७५५.४० को विन्दुमा बन्द भएको थियो । 

आज गुराँस माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ८९ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्