२८ असार २०८३, आइतबार

लगातार दोस्रो दिन नेप्सेमा करेक्सन, सूचक ३० अंकले घट्यो

फागुन २०, २०८१
काठमाडौं
लगातार दोस्रो दिन नेप्सेमा करेक्सन, सूचक ३० अंकले घट्यो

शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ ।

नेप्से परिसूचक मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ ।

कारोबार भएका सबै सेक्टरमा रातो पोतिँदा समग्र नेप्सेमा १.०५ प्रतिशत गिरावट आयो ।

गिरावटका बीच पनि ४१ कम्पनीको शेयर मूल्य बढ्यो । १९८ कम्पनीको मूल्य घट्दा ५ वटामा कुनै परिवर्तन भएन ।

सूचक घट्दा कारोबार रकममा पनि केही गिरावट आएको छ ।

अघिल्ला २ दिन १४ अर्बमाथिको कारोबार भएकोमा मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भयो ।

salt training

कमेन्ट गर्नुहोस्