२४ असार २०८३, बुधबार

नेपालमा एमजी एस ५ ईभी भव्य रूपमा सार्वजनिक, कति छ शुरूआती मूल्य ?

फागुन २३, २०८१
काठमाडौं
नेपालमा एमजी एस ५ ईभी भव्य रूपमा सार्वजनिक, कति छ शुरूआती मूल्य ?

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

 जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ । लोकप्रिय एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताका साथ आएको कम्पनीले जनाएको छ । 

उक्त सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथिलगायत बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिसहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ । 

डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्ने बताइएको छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको शुरूआती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।

शुद्ध ईभी प्लेटफर्ममा निर्मित, एमजी एस ५ ईभीको सेगमेन्टमा अग्रणी नवीनताहरू प्रस्तुत गर्दछ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने कम्पनी बताउँछ । 

null

यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछ । यी विशेषताहरूले एमजी एस ५ ऐभीलाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयूभी  बनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै, एमजी मोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, ‘एमजी एस ५ ईभी नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ ईभीले नेपालको ईभी बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ ।’

दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा तहल्का मच्चाएको छ । जसले उपभोक्ताहरूको मागलाई पूरा गर्ने कम्पनीको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्