०५ साउन २०८३, मंगलबार

दीपक मनाङेको २० प्रतिशत कैद मिनाहा गर्न जिल्ला अदालतको आदेश

फागुन २३, २०८१
काठमाडौं
दीपक मनाङेको २० प्रतिशत कैद मिनाहा गर्न जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले निलम्बित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेको मागबमोजिम आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरसँग जानकारी दिए ।

मनाङेले साविक मुलुकी ऐन, दण्ड सजाय महलको ४१ (क) बमोजिम सुविधा माग्दै निवेदन दिएका थिए । उक्त ऐनमा फैसला गर्ने वा लगत रहेको अड्‌डामा हाजिर भई जरिवाना तिर्न वा कैदमा बस्न मञ्जुर भएमा २० प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था थियो ।

हेर्नुहोस्, ऐनको व्यवस्था :

null

पुरानो मुद्दा भएकाले साविक मुलुकी ऐनअन्तर्गत मनाङेले सजायमा छुट पाएका हुन् ।

तत्कालीन गुण्डा नाइके मनाङेले अर्का गुण्डा नाइके चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त सजाय माथिल्ला अदालतहरूबाट पनि सदर भएको थियो ।

मनाङे २ वर्ष ४ महिनाका लागि पछिल्लोपटक कारागार चलान भएकोमा अब उनले २० प्रतिशत कैद सजाय छुट पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्