
सिंहदरबारमा करारमा कार्यरत कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका छन् ।
आफ्नो जागिर जाने भएपछि उनीहरूले मंगलबार मन्त्रालय घेराउ गरेका हुन् ।
मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूले आफ्नो जागिरको सुनिश्चिततासहित सेवा सुविधाको माग गरेका छन् ।
अर्थ मन्त्रालय पुगेका कर्मचारीहरूको टोलीमध्ये केही कर्मचारीको टोलीले अर्थ सचिव डा. घनश्याम उपाध्यायसँग भेट गरी छलफल गर्ने तयारी भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले लोकान्तरलाई जानकारी दिए ।

