०५ साउन २०८३, मंगलबार

नेप्सेको सीईओका लागि १० जनाको आवेदन

फागुन २५, २०८१
काठमाडौं
नेप्सेको सीईओका लागि १० जनाको आवेदन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । नेप्सेको सीईओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म १० जनाको आवेदन परेको हो । 

गत साता मात्रै नेप्सेको सीईओ पदका लागि पुनः आवेदन दिने म्याम थप गरिएको थियो । त्यसअघि गत फागुन १२ देखि १८ सम्म आवेदन माग गर्दा आवेदन नै परेको थिएन । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले आइतबारसम्म अन्तिम आह्वान गरेको थियो । 

सीईओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । 

साथै, पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था छ ।

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।

कमेन्ट गर्नुहोस्