०५ साउन २०८३, मंगलबार

शिक्षक महासंघले भोलिदेखि दोस्रो चरणको आन्दोलन गर्ने

फागुन २६, २०८१
काठमाडौं
शिक्षक महासंघले भोलिदेखि दोस्रो चरणको आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गराउन दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

सोमबार काठमाडौंको धुम्बाराहीस्थित शिक्षक संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महासंघका नेताहरूले शिक्षासँग जोडिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएकाले भोलिदेखि आन्दोलन राख्नुपरेको बताएका हुन् । 

उनीहरूले शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने माग दोहोर्‍याएका छन् । 

महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ । 

कार्यक्रममा शिक्षक संघका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले सरकार शिक्षाको गुणस्तर सुधार गर्न प्रतिवद्ध नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । 

आन्दोलन अन्तर्गत भोलिदेखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने, त्यसपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन कार्यक्रम सार्वजनिक गरिएका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्